Logo

युवाले राजनीतिप्रति बढी सरोकार राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना



Spread the love

४ असोज, काठमाडौँ l युवाले राजनीतिमा चासो नदेखाएसम्म देश नबन्ने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।

आज ‘नेपाल युथ एसडीजी सम्मिट’को उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले युवाले राजनीतिमा चासो नदेखाएकोतर्फ लक्षित गर्दै राजनीतिमा चासो दिन आग्रह गरेका हुन् ।

उनले भने, “युवालाई राजनीतिमा चासो नभए देश बन्दैन । युवाले राजनीतिप्रति बढी सरोकार राख्नुपर्छ, युवाले राजनीतिमा सरोकार छैन भन्न हुँदैन । कुन दलमा लाग्ने हो आफै रोज्नुस् तर, राजनीतिप्रति चासोचाहीँ राख्नुस् ।”

अध्यक्ष तिमिल्सिनाले प्रतिक्रियाले मात्र नहुने भन्दै अबका युवाले गहिराइमा गएर राजनीतिलाई बुझ्नुपर्ने बताएका छन् l

दिगो विकासका लक्ष्यहरू नेपालको राष्ट्रिय लक्ष्य भएको भन्दै तीन तहका सरकारको साथ र सहयोग नभई लक्ष्य प्राप्त हुन नसक्ने पनि तिमल्सिनाले बताए l

उनले लामो राजनीतिक आन्दोलनपछि नयाँ संविधान जारी गरेर अधिकार प्राप्तीको अभियान पूरा भएको र अब कर्तव्य पूरा गरेर समृद्धि हासिल गर्ने स्थानमा देश आइपुगेको पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्