Logo

विश्वमा शान्ति फैलाउनका लागी सबै राजनीतिक दल एक हुनुपर्छ : नेता नेपाल



Spread the love

४ असोज, काठमाडौँ l बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन विप्लव समूहलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आह्वान गरेका छन् ।

आज अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले राजधानीमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै नेता नेपालले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताउँदै शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै सम्यम भएर पाइला चाल्नुपर्ने बताए l

नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्