Logo

कीर्तिपुर, मेरो माइतीघर नै हो : अध्यक्ष प्रचण्ड



Spread the love

४ असोज, काठमाडौँ l कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् l

आज कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ । मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ।’

अध्यक्ष प्रचण्डले स्वयं २०/२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले भने, ‘तानाशाही पञ्चायतको आन्दोलनको बेलामा भूमिगत रूपमा बस्ने, प्रशिक्षणहरू चलाउने, सङ्गठन बनाउने र जनतासँग अन्तर्क्रिया गर्ने थलो पाँगा, कीर्तिपुर थियो l’

साथै अध्यक्ष प्रचण्डले कीर्तिपुरबाट नै पहिलो संविधानसभा निर्वाचनमा स्वयं विजयी भएर गणतान्त्रिक मुलुकको पहिलो प्रधानमन्त्री बनेको स्मरण पनि गरेका थिए ।

उनले भने, ‘पहिलो संविधानसभामा निर्वाचन लड्ने थलो पनि मेरो कीर्तिपुर नै हुन आइपुग्यो। निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुने अवसर प्राप्त भयो l’

अध्यक्ष प्रचण्डले कीर्तिपुरमा युद्ध स्मारक पार्क, खेल मैदान र राष्ट्रिय जातीय संग्रहालय निर्माण गर्नुपर्ने बताउँदै भने, ‘संग्रहालय बनाउने प्रक्रिया त अघि बढिसकेको छ,अरू कामहरू अघि बढाउन म पहल गर्छु ।’

प्रतिक्रिया दिनुहोस्