Logo

सभामुखहरूको बैठकमा भाग लिन सभामुख महरा कजाकस्तान प्रस्थान



Spread the love

४ असोज, काठमाडौँ l सभामुख कृष्णबहादुर महरा आज कजाकस्तान प्रस्थान गरेका छन् ।

युरोसियन मुलुकका सभामुखहरूको सम्मेलनमा भाग लिन सभामुख महरा कजाकस्तान प्रस्थान गरेका हुन् l

यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरूको चौथो बैठकलाई महराले सम्बोधन गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख महरासँगै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, सङ्घीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि कजाकस्तान गएका छन् ।

प्रतिक्रिया दिनुहोस्