Logo

टुँडिखेलमा संविधान दिवस : सर्वसाधारणलाई प्रवेश निषेध



Spread the love

३ असोज, काठमाडौँ l आज काठमाडौँको टुँडिखेलमा संविधान दिवसको अवसरमा सङ्घीय सरकारले सञ्चालन गरेको विशेष कार्यक्रममा उपस्थित हुन् गएका सर्वसाधारण कार्यक्रम अवलोकन गर्नबाटै वञ्चित भएका छन् ।

सबै सर्वसाधारणलाई सरकारले संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई खुसीका साथ मनाउन आग्रह गरिरहेका बखत टुँडिखेलको कार्यक्रममा सहभागिता जनाउन गएका सर्वसाधारण कार्यक्रम हेर्नबाटै वञ्चित भएका हुन् l

सर्वसाधारणले मूल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम अवलोकन गरिरहेका बखत सुरक्षाकर्मीले सुरक्षाको कारण बताउँदै सो स्थानबाट पनि धपाए पश्चात् सर्वसाधारण कार्यक्रम हेर्नबाट वञ्चित भएका हुन् ।

राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्चपदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारीलगायतको उपस्थित रहेको उक्त विशेष कार्यक्रम सर्वसाधारणले हेर्नधरी नपाउँदा यसले सर्वसाधारणलाई निकै दु:खी तुल्यायो l

सरकारले संविधानमा अनिवार्य रूपमा सबै नागरिकको सहभागिताको कुरा चर्की- चर्की गरेता पनि सर्वसाधारणलाई मुख्य कार्यक्रम अवलोकन गर्नबाटै अवरोध गरे पश्चात् कार्यक्रममा सहभागिता हुन् नपाएका सर्वसाधारण सरकारप्रति रुष्ट देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्