Logo

नेकपाका नेता हरि बैरागी दाहालको निधन !



Spread the love

३ असोज, काठमाडौं । नेकपाका नेता तथा पूर्वसांसद् हरि बैरागी दाहालको ६२ वर्षकाे उमेरमा निधन भएको छ ।  दुई दिनअघि शिक्षण अस्पतालमा उनकाे निधन भएकाे हाे ।

file photo

नेकपाका केन्द्रीय सदस्य तथा संखुवासभाका सांसद् राजेन्द्र गौतमका अनुसार, उनको हृदयघात र मस्तिकघातका कारण निधन भएको हाे । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गरिरहेका थिए ।

०३५ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका दाहालले भूमिगतकालमा जनताबीच कम्युनिस्ट आन्दोलनको विस्तारमा  सक्रिय थिए । उनी ०४३ सालको तत्कालिन पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्