Logo

पूर्व माओवादीका लडाकु बने नेपाली सेनाका जर्णेल



Spread the love

३ असोज, काठमाडौं । शान्ति प्रक्रियामा आएपछि तत्कालिन विद्रोही माओवादीकाे जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये, अधिकृत यमबहादुर अधिकारी ‘प्रतिक्षा’ सबैभन्दा माथिल्लो दर्जामा पुगेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षको पदावधि सकिएपछि पद स्वतः खारेज हुनेगरि अधिकारीलाई सहायक रथी (एकतारे जर्णेल) मा बढुवा गरेकाे हाे ।

नेपाली सेनाकाे सहायक रथीमा बढुवा भएका पूर्व जनमुक्ति सेना अधिकृत यमबहादुर अधिकारी ‘प्रतिक्षा’ जनमुक्ति सेनाकाे हुँदाकाे फाेटाे

विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सहायक रथी बन्न चाहिने ‘हाइयर कमाण्ड कोर्स’ पूरा नगरेतापनि उनि बढुवा हुनुमा सैनिक अधिकृतहरु बताउँछन्, ‘शान्ति प्रक्रिया अझै नसकिएकाे हुनाले सकारात्मक सन्देश प्रवाह गर्न उनकाे बढुवा भएकाे हुनसक्छ’।

तत्कालिन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उनी उपसेनानी बनेका थिए । त्यसको केही समय लगत्तै उनी महासेनानी (कर्णेल) बन्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्