Logo

असोज १० गते देखि काठमाडौंका यी कार्यालयबाट पाइनेछन् नयाँ नोट



Spread the love

३ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ तथा सुकिला नोट सटही सम्बन्धी जारी सूचनामा काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने छन् ।

Image result for नयाँ नोट

राष्ट्र बैंकले जारी गरेकाे विज्ञप्ति अनुसार, आउँदै गरेका बडा दसैंलगायतका पर्वलाई मध्य नजर गरि विशेष साना दरका नयाँ तथा सुकिला नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखेर आगामी बडा दसैं, २०७६ को अवसरमा यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकासहित देहायका शाखा कार्यालयहरुबाट २०७६ असोज १० गतेदेखि १७ गतेसम्म रु ५, रु १०, रु २०, रु ५० र रु १०० का दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम रु १८ हजार ५०० का दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराइने व्यहोरा जानकारी गराइएको छ,” राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंभित्र नयाँ नोट पाइने स्थानहरू:

(क) नेपाल बैंक लिमिटेड, शाखा कार्यालयहरु

न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा ।

ख) राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालयहरु

सिंहदरबारप्लाजा (केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा ।

ग) कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालयहरुः

गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा

यसबाहेक  अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट पनि नयाँ नोट उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्