Logo

आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी धुमधामका साथ मनाइँदै



Spread the love

३ असाेज, काठमाडौं । आज असाेज ३ गते अर्थात संविधान दिवस, संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको दिन, आज देशभर विविध कार्यक्रम गरि धुमधामका साथ संविधान दिवस मनाइँदैछ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको हो ।

दिवसकाे अवसरमा शुक्रबार (आज) संविधान दिवस मूल समारोह समितिले राजधानीकाे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । मूल समारोह समितिका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतलाई आमन्त्रण गरिएको छ ।

सरकारले धुमधामसँग संविधान दिवस मनाउने तयारी गरिरहँदा, जारी संविधान सर्वस्वीकार्य छैन भन्दै सुरुदेखि नै संविधान विभेदकारी भएको मधेसवादी, आदिवासी जनजाति, दलित, पिछडीयका वर्ग र अल्पसंख्यक लगायत रुष्ट छन् । संविधानका कतिपय प्रावधान विभेदकारी भएको भन्दै उनीहरूले संशोधन गर्न माग गर्दै आजकाे दिनलाई कालाे दिनका रूपमा मनाउने घाेषणा समेत गरेका छन् ।

आज हुने भव्य समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,पुष्पवृष्टि, र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्