Logo

निर्वाचन आयोगद्वारा उपनिर्वाचनको तयारी, राष्ट्रपतिलाई जानकारी



Spread the love

३ असाेज, काठमाडौं । उपनिर्वाचनको तयारीका लागि भएका गतिविधि निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेकाे छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका सदस्य पदमा आगामी मङ्सिर १४ गते हुन लागेकाे उपचुनावका सम्पुर्ण गतिविधि आयोगले राष्ट्रपति भण्डारीलाई जानकारी गराएकाे हाे ।

निर्वाचन आयोगका प्रवक्ता गिरिजा शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार, प्रस्तुुतिमा विशेष गरेर उपनिर्वाचन गरिने रिक्त पदका बारेमा जानकारी, विवरण, निर्वाचन कार्यतालिका, बजेट तथा जनशक्ति व्यवस्थापन, राजनीतिक दल दर्ताको अवस्था, निर्वाचन सामग्री व्यवस्थापन र मतदाता शिक्षालगायत विषय केन्द्रित रहेको छ ।

राजनीतिक दलसँग निरन्तर संवाद र समन्वयमा रही निर्वाचन व्यवस्थापनको सर्वस्वीकार्य वातावरण बनाउन आयोग क्रियाशील रहनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिँदै, राष्ट्रपतिले आयोगलाई मतपत्र सरल र स्पष्ट बनाउन, उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन तथा थप सुधारका कदम चाल्न आयोगलाई निर्देशन दिइन् ।

सुझावका लागि राष्ट्रपति भण्डारीलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्