Logo

आलोचकहरूलाई ओलीले दिए कडा जवाफ: नयाँ प्रधानमन्त्री निवास मेरा लागि हाेइन



Spread the love

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने प्रधानमन्त्री निवास आफ्नो लागि नभएको बताएका छन् । बिहिबार बालुवाटारमा सो भवनको शिलान्याश गर्दै उनले नयाँ प्रधानमन्त्री निवास आफ्ना लागि नभएकाे बताएका हुन् ।

                                      भवन शिलन्यासका क्रममा टिका ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य दबाब र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको बताएका छन् । ‘हामीले भन्यौँ, हाम्रो संसद भवन अरुको सहायतामा निर्माण गर्दैनौँ । संसद भवन बनाउन पनि अरुको सहयोग पाउन सक्थ्यौँ’, प्रधानमन्त्री ओलीले बताए ।

भवन निर्माणमा धेरै बजेट सकेको भन्दै आलोचना गर्नेहरुलाई ओलीले कडा जवाफ दिएका छन् । उनले , नबनाउँदा किन नबनाएको भनेर आलोचना गर्ने र बनाउन लाग्दा किन चाहियो भनेर आलोचना गरेर गाली गर्ने नकारात्मक परम्पराको अन्त्य गर्नुपर्ने बताए ।

उक्त भवनको प्रयाेग नेपालका आगामि प्रधानमन्त्रीले गर्न पाउने भन्दै उनले सो भवन निर्माण आफ्ना लागि नभएकाे पनि   स्पष्ट पारे । ‘म अहिले ४१औँ प्रधानमन्त्री छु, यो भवनमा २ सय ४१औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने ।

आफ्नो कार्यकाल भने त्यो भवन निर्माण कार्य हुँदै गर्दा बित्ने भएकाले साे भवनमा भावी प्रधानमन्त्रीहरुले शान्तसँग बसेर काम गर्न पाउने पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्