Logo

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै



Spread the love
२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।
                                                                                      file photo
यसअघि, प्रधानमन्त्रीले गत भदौ १ मा संसद्मा सम्बोधन गरेका थिए । प्रतिनिधिसभा नियमावलीमा हरेक महिनाको पहिलो र तेश्रो साता प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्ने स्पष्ट व्यवस्था भए पनि सोको नियमित कार्यान्वयन भने हुनसकेको छैन ।
प्रधानमन्त्रीको आजको सम्बोधन समसामयिक विषयवस्तु तथा सरकारको कार्यसम्पादनमाथि सांसदहरुले उठाएका प्रश्न तथा जिज्ञासामा केन्द्रित हुनेछ । आजको बैठकमा शून्य तथा विशेष समयको कार्यक्रम भने हुनेछैन । सभामुख कृष्णबहादुर महराले अधिवेशन अन्त्यको तयारीबारे सदनमा संकेत गर्दै यसअघि नै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्