Logo

मेलम्चीको पानी ल्याएर बाचा पूरा गर्न सरकारलाई आग्रह



Spread the love

२५ भदौ, काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा ल्याएर बाचा पूरा गर्न सांसद सरला कुमारी यादवले सरकारलाई आग्रह गरेकि छिन् । यादवले मेलम्चीको पानी काठमाडौ ल्याउने सरकारी पक्षको पटक पटकको वाचा वाचामै सीमित हुन पुगेको भन्दै गुनासाे समेत गरेकि छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले २०७२ सालदेखि मेलम्चीको पानी काठमाडौ ल्याइने भन्दै जनतालाइ आस्वाशन देखाउँदै आएपनि २०७६ सालसम्म पनि पानी नआउदा उपत्यकावासी आसैआसमा बाँच्न बाध्य भएको बताएकी हुन् ।

मेलम्चीको काम ९७ प्रतिशत सम्पन्न भएपनि इटालियन ठेकेदार कम्पनीले पाउने रकम विवाद देखाएर काममा बाँकी काम पूरा गर्न सरकारले ढिलाइ गरेको उनले आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्