Logo

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक चेतावनी: संविधानको दीपावली तहसनसह बनाइदिन्छाै !



Spread the love

२५ भदौ, काठमाडौं । रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनसह बनाइदिने चेतावनी दिएका छन् ।

संविधान दिवसकाे दिनलाई कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै थारुले, सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई तहसनहस पार्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक थारुले प्रधानमन्त्री केपी शर्मा ओली दमनकारी बाटोमा लागेको भन्दै सिधासिधा सरकारसँगै लड्ने पनि बताए । उनले भने, ‘ओली सरकार अहिले देशलाई तहसनहस गराउने नियतका साथ अघि बढेको छ, तर यदि यो सरकारसँग हिम्मत र तागत छ भने आदिवासी जनजातिसँग सिधासिधि आएर लडे हुन्छ । हामी लड्न तयार छौं’ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले पत्रकार सम्मेलनमा बोल्दै सबै जाति र भाषाको संविधान नभएसम्म आफूहरुले खुशीयाली नमनाउने स्पष्ट पारे । कालो दिवस मनाउने क्रममा राज्यले दमन गरे बाध्य भएर प्रतिकारमा उत्रिने चेतावनी समेत अध्यक्ष बरामले दिए ।

प्रतिक्रिया दिनुहोस्