Logo

वामदेवलाई डेंगुको आशंका



Spread the love

२४ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम बिरामी परेका छन् । उनलाई केही दिनदेखि लगातार ज्वरोले सताएपछि डेंगु भएको आशंकामा रगतको जाँच गरिएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनकाे रगत परीक्षण गरिएको हाे ।

उनका निजी सहयोगीका अनुसार सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने छ ।

यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल र वरिष्ठ आँखा राेग विशेषज्ञ डा.सन्दुक रूइतलाइ पनि डेंगुको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्