Logo

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री यीले गरे भेटवार्ता



Spread the love

२३ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय वार्ता गरे लगतैपछि बालुवाटार पुगि प्रधानमन्त्रीलाइ भेट गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको जनाइएकाे छ ।

नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाण्डौ आइपुगेका मन्त्री यीले अहिले ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्