Logo

डा. सन्दुक रुइत र उनका दुई छाेरीलाई डेंगू



Spread the love

२३ भदौ, काठमाडौं । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइत र उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका छन् । हाल उनीहरू सबैको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी नभइसकेको स्रोतले बताएको छ।

तिलगंगा आँखा केन्द्रका निर्देशक डा‍. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति ‘रुइतेक्टोमी’का सुरुवातकर्ता हुन्। सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन्।

पछिल्लो समय देशभरमा डेंगू संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगूबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै स‌ंक्रमित भइसकेका छन्।

गत बुधवार मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल पनि डेंगू संक्रमण देखिएर ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्