Logo

साक्षरता दिवस: सल्यानका ९ विद्यालयमा पुस्तकालय स्थापना



Spread the love

२२ भाद्र, सल्यान –  अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा कपुरकोट गाउँपालिका नौ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीमा पढ्ने बानीको विकास गर्न पुस्ताकालय स्थापना गरिएको हो ।

आज एक कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष भीमबहादुर सेनले क्युरेनी आधारभूत विद्यालयबाट पुस्तकालयको उद्घाटन गर्दै गाउँपालिका भित्रका ९ विद्यालयमा पुस्तकालय स्थापना गरिएको जानकारी दिए । विद्यार्थीमा पढ्ने सीप र बानीको विकास गर्ने उद्देश्यले ‘रुम टु रिड’ सँगको सहकार्यमा कपुरकोटका विद्यालयममा पुस्तकालय स्थापना गरिएको उनले बताए ।

आगामी दुई वर्षभित्रमा गाउँपालिकाभित्रका सबै विद्यालयमा पुस्तकालय स्थापना गरिसक्ने अध्यक्ष सेनले प्रतिबद्धता जनाए । हाल रुम टु रिडले जिल्लाका ५४ विद्यालयमा पुस्ताकलय स्थापना गरिसकेको फिल्ड संयोजक हेम लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्