Logo

सदनमा अर्थमन्त्री खतिवडाले नै विभेद गर्नुभयो : सांसद लामा



Spread the love

२२ भदौं, काठमाडौँ l अर्थमन्त्री डा युवराज खतिवडाले समानुपातिक सांसदलाई विभेद गरेको आरोप सत्तारुढ दल नेकपाकी सांसद नवीना लामाले लगाएकी छन् l

आजको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसद लामाले नीति निर्माण तहमा नै विभेद गरिएको आरोप लगाएकी हुन् ।

एउटै सदनमा समानुपातिक र प्रत्यक्ष सांसदलाई अर्थमन्त्री खतिवडाले विभेद गरेको तर्क गर्दै सांसद लामाले प्रश्न गरिन्, ‘सदनमा अर्थमन्त्रीले नै विभेद गर्नुभयो, यसको कार्यविधि पनि विभेदकारी आउँछ कि?’

सांसद लामाले नीति निर्माण तहमै विभेद भयो भने जनतामा गलत सन्देश जाने उल्लेख गर्दै भनिन, ‘नीति निर्माण तहमा नै विभेद भयो भने जनतामा कस्तो सन्देश जान्छ?’

प्रतिक्रिया दिनुहोस्