Logo

एनसेलबारे सर्वोच्चको आदेश गलत छ, त्यसलाई सच्याउन आवश्यक छ : देव गुरुङ



Spread the love

२२ भदौं, काठमाडौँ l एनसेलको पुँजीगत लाभकर सम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावलोकनमा जान नेकपाका प्रमुख सचेतक देव गुरुङले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै प्रमुख सचेतक गुरुङले सर्वोच्चको पछिल्लो आदेश गलत भएकाले त्यसलाई सुधार्न आवश्यक रहेको बताए ।

राज्यलाई अर्बौ रुपैयाँ घाटा पार्ने सो आदेश विरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनरावलोकनका लागि सरकार जानुपर्ने बताउँदै सचेतक गुरुङले बताए l

सर्वोच्च अदालतको पछिल्लो आदेशले २०७५ माघ २३ गते सर्वोच्चको वृहत् इजलासले गरेको आदेशको उल्लङ्घन गरेको आरोप लगाउँदै उनले भने, ‘भदौ ९ गते सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभको विषयबारे जुन आदेश दिएको छ, त्यो आदेशले राज्यको अर्बौको कोषको घोटाला गराएको छ l त्यो आदेश बेठिक छ, त्यो आदेश विगतको २०७५ माघ २३ गतेको सर्वोच्च अदालतको फुल बेन्चको आदेशको पनि उलङ्घन गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्