Logo

सरकार विरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरू परिचालित भएको अर्थमन्त्री खतिवडाको दाबी



Spread the love

२२ भदौं, काठमाडौँ l देशभित्रैबाट मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दुःख व्यक्त गरेका छन् ।

अर्थतन्त्रको सबै सूचकहरू सकारात्मक हुँदाहुँदै पनि सरकार विरुद्ध भ्रम छर्न देशभित्रबाटै मानिसहरू परिचालित भएको दाबी अर्थमन्त्री खतिवडाले गरे l

नेपाल आर्थिक पत्रकार सङ्घको (नाफिज) १० औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् l

अर्थमन्त्री खतिवडाले भने, ‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ l यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्