Logo

अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो : राष्ट्रपति भण्डारी



Spread the love
 

२२ भदौं, काठमाडौँ l शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक हुनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘सामाजिक, आर्थिक रूपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो, यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्दछौँ ।’

विभिन्न विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई सरकारले लिएको समृद्ध नेपालको आकाङ्क्षा पुरा गर्न उपयोगी हुने विश्वास प्रकट गर्दै राष्ट्रपति भण्डारीले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण हुने विश्वास पनि व्यक्त गरेकी छन् l

प्रतिक्रिया दिनुहोस्