Logo

मन्त्रिपरिषद् बैठक आज बस्दै



Spread the love

२२ भदौं, काठमाडौँ l आज बालुवाटारमा मन्त्रीपरिषदको बैठक मध्यान्ह १२ बजे बस्दै छ l सिङ्गापुरबाट फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठक पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफलका लागि बस्न लागेको हो l यद्यपि प्रधानमन्त्री ओलीले टेलिप्रेजेन्स मार्फत सिङ्गापुरमा रहँदा दुई पटक मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल गरेका थिए ।

सिङ्गापुरबाटै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक चलाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्