Logo

अमेरिकाले तालिवान विद्रोहीसँग गर्ने भनिएकाे वार्ता ट्रम्पद्वारा रद्द



Spread the love

२२ भदौ, काठमाडौं । आइतबार अमेरिकाले अफगान राष्ट्रपति असरफ घानी र तालिवान विद्रोहीका उच्च नेताहरूसँग गर्ने भनिएको शान्ति वार्ता अन्तिममा आएर रद्द भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको राजधानी काबुलमा हालै भएको आक्रमणपछि एक ट्विट गर्दै तालिवानसँग तय वार्ता रद्द भएको जनाए ।

एक अमेरिकी सैनिकको ज्यान जानेगरी भएको उक्त आक्रमणको जिम्मा तालिवानले लिएको थियो ।

तालिवानसँग सिद्धान्तका आधारमा शान्ति सम्झौता हुने अमेरिकी वार्ताकार जल्मे खालिलजादले घोषणा गरेका थिए । अमेरिका र तालिवानका प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा भएका नौ चरणका वार्तापछि खालिजजादले यसको खुलासा गरेका थिए ।

प्रस्तावित सम्झौतामा अमेरिकाले हाल फगानिस्तानमा तैनाथ करिब १४ हजार अमेरिकी सेनामध्ये  ५ हजार ४ सय सेना २० एक हप्ताभित्र फिर्ता गर्नेलगायत विषय उल्लेख थियो । यद्यपि, ट्रम्पले त्यसमा अन्तिम स्वीकृति दिन भने बाँकी थियो । आइतबार वार्ता गरेर यसलाई अन्तिम तयारी दिने भनिए पनि तालिवानी आक्रमणपछि अन्तिममा आएर वार्ता रद्द भएकाे हाे ।

सन् २००१ देखि अफगानिस्तानका अधिकांश भूभागमा तालिवानले नियन्त्रण जमाएको छ । तालिवानको दबदबा कायम भएदेखि नै त्यहाँ अमेरिकी सैनिक तैनाथ छन् ।

प्रतिक्रिया दिनुहोस्