Logo

गृह मन्त्रालयद्वारा संविधान दिवसमा लगाउने टि-सर्ट सार्वजनिक



Spread the love

२२ भदौ, काठमाडौं । सरकारले संविधान दिवसलाइ भव्य रूपमा मनाउन अपिल गर्दै राष्ट्रिय झण्डा अंकित टि-सर्टका नमूनाहरू सार्वजनिक गरेको छ।

सरकारले असोज ३ गतेका दिनलाइ संविधान दिवसका रूपमा मनाउँदै आएकाे छ । संविधान दिवसलाइ सरकारी, गैरसरकारी तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाउने सरकारले तयारी थालेकाे छ।

राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले टि-सर्टमा पनि राष्ट्रिय झण्डा छाप्न मिल्ने भन्दै विभिन्न साइजका टि-सर्टका नमूना सार्वजनिक गरेको हो।

राष्ट्रिय झण्डा अंकित टि-सर्ट संविधान दिवस, राष्ट्रिय दिवसमा प्रयोग गरिन्छ। यस्तै गृहले औपचारिक कार्यक्रममा राख्नका लागि राष्ट्रिय झण्डाका पाँच प्रकारका साइज पनि सार्वजनिक गरेको गृह मन्त्रालयले वेवसाइटमा राखेको सूचनामा उल्लेख छ ।

गृहले सार्वजनिक गरेको टि-सर्टमा राष्ट्रिय झण्डालाई मुटुको माथि पर्ने गरी डिजाइन गरिएको छ। टि-सर्टको तीन वटा प्रकारमा कल्दर र बाहुलामा निलो रङ र अन्यत्र सेतो रङ भएका छन् भने एउटामा भने सबैतिर सेतो रङको मात्रै छ।

 

प्रतिक्रिया दिनुहोस्