Logo

युरो कप छनोट खेलमा पोर्चुगलद्वारा सर्विया पराजित



Spread the love

२२ भदौ, काठमाडौं । युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियालाइ पराजित गरेकाे छ ।

सर्वियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा सर्वियालाइ पाेर्चुगलले ४–२ गोलअन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, विलियम कार्भाल्हो, गोन्कालो गुइडेस र बेर्नार्डो सिल्भाले समान १–१ गोल गरे । यता, सर्वियाका लागि भने निकोला मिलेनकोभिच र एलेक्सजेन्डर मिट्रोभिचले गोल गरे ।

खेलको ४२औं मिनेटमा विलियमले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । समूह ‘बी’ मा रहेको पोर्चुगलले पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पोर्चुगलले तीन गोल थप्दा सर्वियाले दुई गोल फर्काउन सक्यो ।

खेलको ५८औं मिनेटमा गुएडेसले, ८०औं मिनेटमा रोनाल्डोले र ८६औं मिनेटमा सिल्भाले गोल गरे । यता, सर्वियाका लागि मिलेनभिचले ६८औं र मिट्रोभिचले ८५औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्