Logo

जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश



Spread the love

२२ भाद्र, बैतडी – राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसंगै जनमोर्चालगायत अन्य पार्टीका १ दर्जन बढी नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् ।

सुर्नया गाउँपालिका स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर(विजयसुन्दर)ले टिका लगाई स्वागत गरे । नेकपा केन्द्रीय सदस्य कुँवर, बैतडीवाट निर्वाचित प्रदेश सभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लीलाधरको उपस्थितिमा सुर्नया गाउँपालिकामा अन्तरक्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । नेकपाका सुर्नया गाँउपालिका कमिटी प्रस्तावित अध्यक्ष जगदीश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारले गरिरहेका कामकाज तथा पार्टीको आगामी रणनीतिबारे छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्