२१ भाद्र, काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू गर्ने बताएका छन् ।
उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउनुपर्छ र पार्टी चलाउने एकल जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्छ ।”
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस शुरु भइरहेको बताए । पार्टीका नेताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको बताउँदै ज्ञवालीले भने, “अहिले पनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटीको अध्यक्षका रुपमा कार्यरत छन् ।”
प्रतिक्रिया दिनुहोस्