Logo

मुलुक सङ्घीयतामा गएपछि पत्रकारिता कमजोर भयो : मन्त्री केसी



Spread the love

२१ भदौं, काठमाडौँ । सङ्घीयता स्थापना नहुँदासम्म पूँजी बजारको विस्तार हुन नसक्ने प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देही र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा आज बुटवलमा भएको ‘आर्थिक तथा शेयर बजारसम्बन्धी अभिमुखीकरण’मा सहभागिता जनाउँदै मन्त्री केसीले पूँजी बजारको विषयमा जनसहभागिता नभएको उल्लेख गर्दै एउटा किसान र मजदुरलाई शेयर बजारसँग सरोकार नरहेको बताए ।

मन्त्री केसीले पत्रकारिताका विभिन्न विधामा विकास गर्न प्रदेश सरकारले काम गर्ने उल्लेख गर्दै मुलुक सङ्घीयतामा गएपछि पत्रकारिता कमजोर भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्