Logo

अब काँग्रेसमा नेतृत्व हस्तान्तरण होइन पुस्तान्तरण हुनेछ : नेता गुरुङ



Spread the love

२१ भदौं, काठमाडौँ l आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने दाबी नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले गरेका छन् ।

केन्द्रीय सदस्य गुरुङले भने, ‘अब काँग्रेसमा नेतृत्व हस्तान्तरण होइन पुस्तान्तरण हुनेछ ।’ नेतृत्वको कमजोर भूमिकासँग असन्तुष्ट रहेका नेता गुरुङले चेतावनीको शैलीमा भने, ‘महाधिवेशन आउन त दिनोस् न,हामी देखाइदिन्छौँ ।’ कुनै समय पार्टीमा सङ्गठित रूपले अभियान सञ्चालन गर्नेमध्येका अगुवा गुरुङले स्वयं त्यसमा पहिले झैँ क्रियाशील रहेको दाबी गरे l

अभियन्तामध्येका एक युवा नेता विश्वप्रकाश शर्मा प्रवक्ताको भूमिकामा गएपछि दबाब समूह जसरी चलाइएको अभियान शिथिल भएको हो कि भनी सोधिएको प्रश्नमा नेता गुरुङले त्यसलाई अस्वीकार गर्दै भने, ‘विश्वप्रकाशजीको डबल रोल छ,उहाँ पार्टीको प्रवक्ता भए पनि हाम्रो अभियानबाट टाढा हुनुहुन्न,सबै जना क्रियाशील नै छौँ ।’

प्रतिक्रिया दिनुहोस्