Logo

एसिड काण्ड : घाइते युवतीलाई उपचारका लागि काठमाडौँ रिफर



Spread the love

२० भाद्र,वीरगञ्ज – एसिड प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि आज अपराह्न काठमाडौँ ल्याइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा ल्याइएको हो ।

खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले एसिड प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएकोे संसादले बयानमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्