Logo

उर्जामन्त्री पुन र रसियन राजदूत नोभिकोभबीच भेटवार्ता



Spread the love

२० भदौ, काठमाडौँ । सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त र रसियन राजदूत अलेक्जी ए नोभिकोभबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको छ ।

ऐतिहासिक कालदेखी नै नेपाल र रसियाबीचको सम्बन्ध सुमधुर रहेको भन्दै पुनले आगामी दिनमा पनि सम्बन्ध झन् प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै रसियाले विगतमा पनि पनौती हाईड्रो, पूर्व–पश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास समेत व्यक्त गरे ।

जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसँग आग्रह गरे । ‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १ सय मेगावाटभन्दा माथिको परियोजनाको पिपिए पनि सरकारले गर्छ । यो सन्देश रसियन लगानीकर्तालाई प्रवाह गरिदिनुपर्यो ।’ मन्त्री पुनले भेटमा रसियन राजदूत नोभिकोभलाइ भने ।

प्रतिक्रिया दिनुहोस्