Logo

देउवा जङ्गिए: पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा मलाई कसले रोक्दोरहेछ ?



Spread the love

२० भदौ, काठमाडौं । पार्टीलाई हराउनेहरुलाई कारबाही गरिछाड्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिबद्धता गरेका छन् । पार्टीलाई हराउनेहरुलाई कारबाही गर्दा मलाइ कसले राेक्देरहेछ ? यदि कसैले राेख्न खाेज्याे भने उनीहरुकाे अनुहार आफैँले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक रूपमा बाहिर ल्याउने बताए ।

आफ्नै पार्टी हराउने अन्तरघातीहरूलाइ तह नलाए फेरि पनि पार्टी हार्ने निश्चित रहेकाे सभापति देउवाले नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रवार भक्तपुरमा गरेको कार्यक्रममा बताए । पार्टी हिजो किन हार्‍यो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ? भन्ने प्रश्न गर्दै उनले आफ्नै पार्टी भित्र एकले अर्कालाई हराउन लागेको पनि बताए ।

कार्यक्रममा देउवाले, नेकपाप्रति प्रतिबद्ध पुलिस, आर्मी र व्युरोक्रेसी बनाउन खोजेको भनेर सरकारलाई आरोप  समेत लगाए । कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि काँग्रेस सधैँ तयार रहेको देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्