Logo

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए



Spread the love

२० भदौ, काठमाडौं ।  स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाइ स्वागत गर्नका लागि सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।

उनी थाई एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री शुक्रबार स्वेदश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्