Logo

अबदेखि एटीएमबाट एक दिनमा ६० हजार र एकपटकमा २० हजार मात्र झिक्न मिल्ने



Spread the love

१९ भदौ, काठमाडौं ।चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि, राष्ट्र बैङ्कले एटीएमबाट रकम झिक्न कडाइ गर्दै अबदेखि एटीएमबाट एक दिनमा ६० हजार र एकपटकमा २० हजार मात्र झिक्न मिल्ने व्यवस्था गरेको छ ।

यसअघि एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्थालाई खारेज गरी दिनमा ६० हजार रुपैयाँसम्म मात्रै झिक्न पाउने र एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न पाइनेमा अब २० हजार रुपैयाँ सम्म मात्रै झिक्न पाउने व्यवस्था गरिएको राष्ट्र बैङ्कका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

राष्ट्र बैङ्कले बिहीबार नै बैङ्क तथा वित्तीय संस्थाहरूमा व्यवस्था कार्यान्वयनका लागि परिपत्र गरिसकेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्