Logo

प्रधानमन्त्री ओली शुक्रबार नेपाल फर्किदै



Spread the love

१९ भदौ,काठमाडौं । करिब दुई साता लामो स्वास्थ्य उपचारपछि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार(भोलि) अपरान्ह स्वदेश फर्किने भएका छन् । उपचारपछि प्रधानमन्त्री ओली स्वस्थ रहेको उनको सचिवालयले बताएको छ ।

सातौं चरणको उपचार प्रक्रिया बुधबार सकिएपछि प्रधानमन्त्री एक दिन आराम गरेर शुक्रबार फर्किन लागेका छन् । प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेका मुख्य सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या सिंह शाह यसअघि नै काठमाडौं फर्किसकेका छन् ।

प्लाज्मा फेरेसिस प्रक्रियाबाट शरीरको एण्टीबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्