Logo

मेलम्ची खानेपानी आयोजनामा मजदूर र प्रहरीबीच झडप



Spread the love

१९ भदौ, मेलम्ची । प्रहरी र  मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूरबीच झडप भएको छ ।

इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेका अनुसार आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको र झडपमा दुई प्रहरी र दुई आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरीबाट ६ राउण्ड अश्रु ग्यास तथा २ राउण्ड हवाइ फायर भएको छ भने आन्दोलनकारीले ढुङ्गामुढा प्रहार गरेका छन् । मेलम्ची आयोजनाको सवारी साधनमा आन्दोलनकारीले ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले बताए ।

आन्दोलनकारीहरुले आफुले तोकेको घेरा नाघेर अगाडी बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा आन्दोलनकारीहरुले ढुंगामुडा प्रहार गरेर उग्ररुप लिएको र भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताए ।

आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पीडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्