Logo

उपराष्ट्रपति पुन र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता



Spread the love

१९ भदौं, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग पाकिस्तानी राजदूत डा. मजहर जावेदले बिहीबार अपरान्ह उपराष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपति पुनको निजी सचिवालयका अनुसार भेटका क्रममा नेपाल-पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको छ ।

दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताउँदै पुनले नेपाल-पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको पनि बताए ।

पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने स्मरण गर्दै दुई देशबीचको सम्बन्ध निकै लामो रहेको नेपालका लागि पाकिस्तानका राजदूत जावेदले बताए ।

पाकिस्तान सधैँ शान्ति चाहन्छ र शान्तिकै पक्षमा रहेको पनि राजदूत जावेदले बताए ।

प्रतिक्रिया दिनुहोस्