Logo

अमेरिकामा सवारी दुर्घटना: एकै परिवारका तीन नेपालीको मृत्यु, दुई घाइते



Spread the love

१९ भदौ, काठमाडौं । अमेरिकाको मुसौरी हाईवेमा मंगलबार भएको दुर्घटनामा परि एक नेपाली दम्पत्तिसहित तिनको छोरीको मृत्यु भएको पुष्टि भएको छ । साेही परिवारका २ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा गोविन्द खनाल, शान्ता खनाल र शारदा खनाल ओझा रहेका छन् । शान्ता नाताले गोविन्दका श्रीमती र शारदा छोरी हुन् । दुर्घटनामा कारका चालक शान्ताका श्रीमान् प्रभास ओझा र उनका ४ वर्षीय छोरा घाइते भएका छन् । प्रहरीले जनाएअनुसार स्थानीय अस्पतालमा उपचाररत उनीहरूमध्ये प्रभासको अवस्था स्थिर छ । उनका छोरा गम्भीर छन् ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएका उनीहरूलाई सोही दिशामा गइरहेको पिकअप ट्रकले ठक्कर दिएपछि मंगलबार दुर्घटना भएको थियो ।

उनीहरू कहिले र कसरी अमेरिका पुगेका हुन् भन्ने समाचारमा खुलेको छैन । टोयोटाको आरएभी४ मोडलको गाडीमा सवार उनीहरू घुमफिर या अन्य अरू कुनै प्रयोजनका लागि सपरिवार एउटै गाडीमा सवार थिए भन्ने पनि स्पष्ट छैन।

घटनाबारे दी मेजर जोप्लिन पुलिस विभागले अनुसन्धान गरिरहेको द जोप्लिन ग्लोबले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्