Logo

भ्रष्टाचार गरेको आरोपमा पूर्वसभासद पक्राउ



Spread the love

१९ भदौ, काठमाडौँ ।  पूर्वसभासद डोलबहादुर (डीबी) कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद् बनेका कार्कीलाई प्रहरीले सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीका अनुसार कार्कीलाई जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका उनलाई २०६७ सालमा विशेष अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेका थिए ।

विशेष अदालतले ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरे पनि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चका न्यायाधीशद्वय दीपक कुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्