Logo

सरकारविरुद्ध आन्दोलन चर्काउने कांग्रेसको चेतावनी



Spread the love

१८ भदौ, काठमाडौं । १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलन चर्काउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चेतावनी दिएको छ ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार संविधानको मर्मभावना कुल्चिने, कर्मचारी संयन्त्र तहसनहस बनाउने, संवैधानिक निकायहरुलाई दुई तिहाईको बलमा छायाँमा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौं ।

केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले आफूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

समानुपातिक समावेशीता, सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने लगायतका संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

दोस्रो चरणको जागरण अभियान सुरु गरि गाउँगाउँमा पुग्ने र सरकारका गलत क्रियाकलापहरुविरुद्ध एक भएर उभिने  कांग्रेसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्