Logo

ठुलै दुर्घटनाबाट बच्यो सीता एयरको जहाज



Spread the love

१८ भदौ, काठमाडौं । लुक्लाबाट काठमाडौंको लागि उडेको सीता एयरको जहाज ठुलो दुर्घटना हुनबाट बचेको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार लुक्ला विमानस्थलबाट बिहान उडेको ९ एन–एजेएच जहाजको एउटा इन्जिन आकाशमै फेल भएतापनि चालकको कुशलताका कारण उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजे सुरक्षीत अवतरण गर्न सफल भएको थियो ।

उक्त जहाजमा यात्रु भने नरहेको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले ट्विटमार्फत जानकारी दिएका  थिय। उक्त जहाजको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि आगामी उडान निश्चित गरिने सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले जानकारी दिएका छन् । विशेष गरी नेपालका हिमाली क्षेत्रमा उडान गर्ने जहाजहरुको यात्रा निकै जोखिमपूर्ण हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्