Logo

असमान व्यवहार हटाउन बेलायतलाई भूतपूर्व गोरखाकाे चेतावनी



Spread the love

१७ भदौ, काठमाडौं । भूतपूर्व ब्रिटिस गोरखा सैनिकले बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राख्दै असमान व्यवहार हटाउन बेलायत सरकारलाई चेतावनी दिएका छन् । पटक–पटकको आग्रह सुनुवाइ नभएको भन्दै उनीहरूले भोक हडतालमा उत्रिने चेतावनी दिएका हुन् ।

भूतपूर्व ब्रिटिस गोरखा सैनिकले बेलायती सरकारलाई माग पूरा गर्न आउँदो २४ अक्टुबरसम्मको समयसीमा दिएकाे साउथ चाइना मर्निङ पोस्टले जानकारी दिएकाे छ ।

साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले बेलायती सरकारविरुद्ध सङ्घर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह सङ्घर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताए ।

’नेपाल र बेलायतका दुवै सरकार हाम्रा मागबारे छलफल गरेर निष्कर्षमा पुगुन् भन्ने हाम्रो चाहना छ’, राईले बेलायत सरकारलाई चुनौती दिँदै चीनको साउथ मर्निङ पोस्टसँग भनेका छन् । संवादमार्फत समाधान गर्न दुई सरकारले उदासीनता देखाए सास रहेसम्म हडताल गर्ने चेतावनी उनले दिए ।

पहिलो विश्वयुद्ध आफ्नो पक्षमा पार्न बेलायतले पहिलोपटक नेपाली प्रयोग गरेको थियो । त्यसयता उसको राष्ट्रियता र स्वाधीनताका लागि भर्ती भएर कैयन नेपालीले सेवा गरेका छन् । सैन्य सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालीहरू त्यहाँको विभिन्न प्रतिष्ठित पदकबाट सम्मानित भएको इतिहास छ ।

तरपनि, त्यहाँको सेनामा भर्ती हुने बेलायती र नेपालीबीच विभेदको गहिरो खाडल रहेको भन्दै भूतपूर्व बेलायती गोरखा सैनिकहरू रुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्