Logo

बाराका पूर्व कर्मचारी एक लाख घुससहित पक्राउ



Spread the love

१६ भदौं, काठमाडौँ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराका एक जना पूर्व कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय बाराका करार पूर्व कर्मचारी हरिमोहन सिंह क्षेत्री रहेका छन् l उनलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार जग्गा सम्बन्धी कागजात रोकेर राखिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा हेटौडाबाट खटिई गएको आयोगको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो l

प्रतिक्रिया दिनुहोस्