Logo

नेपालमा महिलाको राजनीतिक अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक छ : प्रधानमन्त्री ओली



Spread the love

१६ भदौं, काठमाडौँ l नेपालमा महिला अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् l

प्रधानमन्त्री ओलीले तिजको अवसरमा शुभकामना सन्देश दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरूको प्रयोगको अवस्था विश्वमै गौरव गर्न लायक रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रूपमा तीजको विशेष महत्त्व छ l’

महिलाको प्रतिनिधित्व संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको तथ्य राख्दै प्रधानमन्त्रीले यसमा प्रत्येक नेपालीलाई गौरवको अनुभूति हुने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्