Logo

जम्मू-कश्मीर मुद्दामा भारतसँग वार्ता गर्न पाकिस्तान तयार



Spread the love

१५ भदौ, काठमाडौं । जम्मू-कश्मीर मुद्दामा भारतसँग सशर्त वार्ता गर्न तयार रहेको पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले बीबीसी उर्दूलाई दिएकाे अन्तर्वार्तामा बताएका छन् ।

पाकिस्तान वार्ताको लागि तयार छ । तर भारतको कारण वार्ताको वातावरण अनुकूल बनेको जस्तो लाग्दैन । कुरैशीले बीबीसीलाइ बताए ।

भारत प्रशासित कश्मीरमा जारी कर्फ्यू हटाउनु पर्ने, पक्राउ परेका कश्मीरी नेताहरूलाई रिहा गर्नुपर्ने, आधारभूत अधिकार बहाल हुनुपर्ने लगायतका सर्त राखेर वार्ता गर्न तत्पर रहेकाे बताए ।

भारत यदि गम्भीर छ भने सबैभन्दा पहिले कश्मीरी नेताहरूलाई रिहा गर्नुपर्ने कुरैशीले बताए । उनीहरूलाई मसँग भेट्न र परामर्श गर्न अनुमति दिइयोस् भन्दै कुरैशीले भने ‘मैले उनीहरूको भावना बुझ्नुपर्छ । किनभने हामी कश्मीरी जनताको भावनालाई नजरअन्दाज गरेर वार्ताको टेबुलमा बस्न सक्दैनौँ’।

भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा दिएपछि एक पछि अर्काे गर्दै कैयाैं समस्या उत्पन्न भएका छन् । जम्मू-कश्मीरलाई एक छुट्टै राज्यकाे अस्तित्वमा रहिरहन दिन पाकिस्ताने अनेकाैं किसिमका दबाब दिइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्