Logo

महिना दिन पुग्न नपाउदै अमेरिकामा फेरि बन्दुक आक्रमण ५ को मृत्यु दर्जन बढि घाइते



Spread the love

१५ भदौ, काठमाडौं । अमेरिकाको टेक्सासमा पर्ने एल पासोमा महिना दिनअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिवार दिउँसो फेरि बन्दुक आक्रमण भएको छ । एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन् ।

गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको टेक्सासका प्रहरी प्रवक्ताले जनाएका छन् । ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । सञ्चारमाध्यमहरूका अनुसार २ वर्ष मुनिका बच्चालाई समेत बन्दुकधारीले गोली प्रहार गरेका छन् । ती बच्चाको अहिले ओडेसाको अस्पतालमा उपचार भइरहेको छ ।

अन्दाजी ३० वर्षका ती बन्दुकधारीले सबैभन्दा पहिला आफ्नो गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेकाे ओडेसा नगरका प्रहरी जनाएकाे छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी लिएका छन् । एफबीआईलगायतले यसघटनाबारे अनुसन्धान गरिरहेको लेखेका छन् ।

४ साताअघि मात्रै पनि टेक्ससको एल पासोमा अन्धाधुन्ध गोली प्रहार भएको थियो । जसमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्