Logo

१२ वर्ष पछि काठमाडौंबाट जापानकाे ओसाका पुग्याे नेपाली जहाज: एक कराेड घाटा



Spread the love

१३ भाद्र, काठमाडाैँ । नेपाल वायु सेवा निगमले पुन: १२ वर्षपछि, ९० यात्रु र ५६ अतिथिसहित बिहीबार बिहान २:३० बजे जापानको ओसाका सिधा व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ ।

निगमका एक अधिकारीका अनुसार निगमले एक करोड रुपैयाँ घाटा बेहोरेकाे छ । बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाएकाे हाे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद र निगमका १० जना कर्मचारीसहित एक सय ३२ यात्रु सहित जहाज जापान जापान पुगेकाे थियाे ।

काठमाडौँबाट उडेको जहाज ६ घण्टा २० मिनेटमा ओसाका पुगेको थियो । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपाल फर्किएकाे थियाे  ।

निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्