१२ भाद्र, काठमाडाैँ । आन्तरिक हवाई उडानमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् ।
निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको अन्तरिक भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने स्पष्ट गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्