Logo

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने



Spread the love

१२ भाद्र, काठमाडाैँ । राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् ।

तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो  भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए । प्रधानमन्त्री ओली हाल स्वाथ्योपचारका क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन् ।

अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शरीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्